Media

बरहथवा नगरपालिका साक्षर पालिका बन्ने

Let's be Social! Share this article with your network

सर्लाही,३१ भदौ।सर्लाहीको बरहथवा नगरपालिका साक्षर पालिका बन्ने भएको छ । बरहथवा नगरपालिकालाई साक्षर बनाउन आज निरक्षर व्यक्तिको विवरण संकलन तथा रणनीति तयार गर्न विभिन्न व्यक्तिको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम  गरिएको छ ।

यसै गरि बरहथवा नगरपालिकालाई साक्षर बनाउन साक्षर बरहथवा अभियान कार्यतालिका पनि सार्वजनिक गरिएको छ।

कार्यतालिका अनुसार असोज ७ गते  निरक्षर व्यक्तिहरुको तथ्यांक संकल गर्ने,  असोज १२ गते निरक्षर व्यक्तिहरुको तथ्यांक कम्प्युटरमा  प्रबिष्ट गर्ने, असोज १४ गते कक्षा संचालन गर्न रणनीति तयार हुने, असोज १८ गते देखि मंसिर १८ गते सम्ममा साक्षरता विस्तार गर्न २ महिने कार्यक्रम संचालन गर्ने, मंसिर १९ र २० गते प्रमाणीकरण,  मंसिर २१ तथा २२ गते साक्षर पालिका घोषणा गर्ने कार्यतालिका सार्वजनिक भएको बाल विकास नेपालका अध्यक्ष बिरेन्द्र रायले जानकारी दिए ।

बाल विकास नेपालको सहजिकरण तथा बरहथवा नगरपालिकाको आयोजनामा गरिएको कार्यक्रममा बरहथवा नगरपालिका साक्षर पालिका बनाउन साक्षरता सिकाइको ढाँचा, सिकाई बिधि लगायतका विषयमा छलफल गरिको थियो ।

सहजकर्ता प्रमोद मण्डलले नेपाललाई साक्षर बनाउन अर्बौ रुपैया खर्चि सकेको छ तर पनि साक्षर घोषणा गर्न नसकेको बताए । मण्डलले सर्लाही जिल्लामा सघन कक्षा चाहिने भएको हुदा यस विषयमा गम्भीर हुन सबैलाई आग्रह गरे।

 

Read on https://nigranitoday.com/

Read on https://onlineradionepal.gov.np/

Read on https://madheshonline.com/

Read on https://barahathawafm.com/

Read on https://rastriyaloktantradaily.blogspot.com/

https://www.youtube.com/watch?v=VE-ThGA4oOE


Other in Media

View All

Contribute

Payment Options: Online, Cheque/DD

----- OR ------
To Donate Scan QR Code
in Paytm App

----- OR ------
For RTGS / NEFT / IMPS
Account Name : Child Development Nepal
Account Number : XXXXXXXXXX
IFSC Code : XXXXXXXXXX
Bank Name : NEPAL STATE BANK
Branch Address : KATHMANDU, NEPAL

----- OR ------
For Cheque/Demand Draft
Please make a Cheque/DD in favour of "Child Development Nepal" payable at Nepal and send to us with your complete address, mobile number, email ID and PAN number