Media

बाल विकास नेपालको समाजिक लेखा परिक्षण कार्यक्रम सम्पन्न

Let's be Social! Share this article with your network

सर्लाही,२५ मंसिर । सर्लाहीको बागमती नगरपालिकामा बाल विकास नेपालको समाजिक लेखा परिक्षण कार्यक्रम सम्पन्न भएको छ । एड एट एक्सन नेपाल ललितपुरको सहयोग तथा बाल विकास नेपाल बरहथवाको आयोजनामा बागमती नगरपालिका स्थित सीता प्यालेस होटलमा समाजिक लेखा परिक्षण कार्यक्रम सम्पन्न भएको हो ।बाल विकास नेपालका अध्यक्ष बिरेन्द्र रायको अध्यक्षतामा सम्मानजनक जिवन यापनको लागि गुणस्तरीय शिक्षा तथा जिविकोपार्जन परियोजना अन्तर्गत २०२१ मा संञ्चालित कार्यक्रमहरुको शनिवार बरहथवा नगरपालिका, कौडेना तथा विष्णु गाउँपालिकाका विभिन्न पदाधिकारीहरुको उपस्थितिमा समाजिक लेखा परिक्षण गरिएको बाल विकास नेपालका परियोजना प्रबन्धक घुरन यादवले जानकारी दिए ।

यसैगरी बाल विकास नेपालले २०२१ को आय व्यय पनि प्रस्तुत गरेको छ । बाल विकास नेपालले २०२१ को कार्यक्रम बजेट ६९ लाख ३४ हजार ६ सय ९५ रुपैया मध्ये २०२१ को नोभेम्बर सम्ममा ६२ लाख १० हजार ४ सय ५० रुपैया खर्च हुने आय व्यय प्रस्तुत गरेको छ ।
जसमध्ये नोभेम्बर सम्म कोभिड १९ रिस्पेन्स कार्यक्रम अन्तर्गत २१ लाख ७८ हजार २ सय ८१ रुपैया मध्ये २१ लाख ७७ हजार ७ सय ८१ रुपैया खर्च भएको छ भने प्रशासनीक अन्तर्गत ११ लाख ५३ हजार ६ सय १२ मध्ये १० लाख ३ हजार ८ सय ९३ रुपैया खर्च भएको बाल विकास नेपालका अध्यक्ष बिरेन्द्र रायले बताए ।

बाल विकास नेपालको कुल बजेट १ करोड २ लाख ६६ हजार ५ सय ८८ मध्ये ९३ लाख ९२ हजार १ सय २४ खर्च भैसकेको बाँकी रकम डिसेम्बर सम्म खर्च हुने बाल विकास नेपालका अध्यक्ष रायले बताए ।

कार्यक्रममा बोल्नु हुदैँ विष्णु गाउँपालिका अध्यक्ष जवाहरलाल यादवले शिक्षामा व्यपाक विकृती रहेको बताए । विद्यालयमा पनि राजनैतिक अखाडा बनाउन प्रयायस भइरहेको छ, शिक्षकहरु समेत राजनैतिकमा होमिएका छन , शिक्षकहरु गुणस्तरीय शिक्षामा फोकस नगरेर आफना व्यपारमा बढि ध्यान दिएको गापा अध्यक्ष यादवले आरोप लगाए ।बालबालिकाहरुको अभिभावकले पनि नबुझेर आफनो भुमिका बाट पंछिएको देखिएको छ । विद्यालयमा नियमित नपठाएर बालबालिकाहरुलाई घास काटन,भैसी चराउन लगायत विभिन्न कार्यमा खटाउने भएकोले पनि बालबालिकाहरुले गुणस्तरीय शिक्षा बाट बञ्चित भएको गापा अध्यक्ष यादबले बताए ।

यसैगरी बरहथवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिम बहादुर भुजेलले बाल विकास नेपालले शिशु कक्षा देखि कक्षा ३ सम्म मात्र आफनो भुमिका देखाएको छ । बाँकी कक्षाहरु पालिकाले नै हेरेको छ । बरहथवा नगरपालिका शिक्षामा गुणस्तर बढाउन हरेक विद्यालयलाई पुग्ने गरी स्वयम सेवक शिक्षक भर्ना गर्दै छ । बरहथवा नगरपालिकाले चाडै नै कक्षा अनुसारको दरबन्दी मिलाएर शिक्षामा गुणस्तर ल्याउने प्रशासकीय अधिकृत भुजेलको भनाई थियो । साथै गुणस्तरीय शिक्षा ल्याृउनमा बालबालिकाको आमालाई साक्षर बनाउन जरुरी छ । आमा साक्षर भएपछि बालबालिकाको विद्यालय जाने क्रम निरन्तर हुने अधिकृत भुजेलको बिश्वास रहेको थियो ।

त्यस्तै विष्णु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत संजिव सापकोटाले शिक्षामा गुणस्तर ल्याउन शैक्षिक मापन टिम बनाउन जरुरी रहेको बताए । शिक्षा मापन टिम भएपछि कुन विद्यालयले कस्तो गरेको छ सजिलै मापन गर्न सकिन्छ । कमि कमजोरी सुधारदै शिक्षामा गुणस्तर ल्याउन मदत पुग्ने अधिकृत सापकोटाले मन्त्वय राखेका थिए ।

कार्यक्रममा कौडेना गाउँपालिका उपाध्यक्ष सुनिता चौधरी,शिक्षा विकास तथा समन्वय ईकाइका प्रतिनिधि सोभित साह,कौडेना स्वास्थ्य शाखा अधिकृत सुरेश राय यादव, बरहथवा नगरपालिकाका शिक्षा अधिकृत अनिल कुमार साह, विष्णु गाउँपालिका शिक्षा शाखा प्रमुख दुर्गा प्रसाद आचार्य, कौडेना गाउँपालिका शिक्षा शाखाका प्राविधिक सिकिन्दर मुखिया लगायत बरहथवा, विष्णु तथा कौडेना गाउँपालिका गरी ८ विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुको उपस्थिति रहेको थियो ।


Other in Media

View All

NPR. /-

Raised of NPR. 500000.00 Goal

Contribute

Payment Options: Online, Cheque/DD

----- OR ------
To Donate Scan QR Code
in Paytm App

----- OR ------
For RTGS / NEFT / IMPS
Account Name : Child Development Nepal
Account Number : XXXXXXXXXX
IFSC Code : XXXXXXXXXX
Bank Name : NEPAL STATE BANK
Branch Address : KATHMANDU, NEPAL

----- OR ------
For Cheque/Demand Draft
Please make a Cheque/DD in favour of "Child Development Nepal" payable at Nepal and send to us with your complete address, mobile number, email ID and PAN number