Media

विष्णुका विद्यालयहरुमा बाल विकास नेपालले बढायो शैक्षिक गुणस्तर

Let's be Social! Share this article with your network

विष्णु, मंसिर २८ । बालबालिकाको क्षेत्रमा काम गर्दै आईरहेको बाल विकास नेपाल नामक संस्थाले विष्णु गाउँपालिकाका विभिन्न विद्यालयहरुमा सञ्चालन गरेको शैक्षिक सुधार कार्यक्रमको विहिबार अनुगमन गरिएको छ ।
‘सम्मानजनक जीवन यापनको लागि गुणस्तरीय शिक्षा तथा जीविकोपार्जन परियोजना’ अन्तर्गत सो संस्थाले विष्णु गाउँपालिकाका १० ओटा सामुदायिक विद्यालयहरुमा सञ्चालन गरेको शैक्षिक सुधार कार्यक्रमको गाउँपालिकाका अधिकारीहरु तथा पत्रकारको टोलीले अनुगमन गरेको हो ।

गाउँपालिकाका निमत्त प्रमुख प्रशासकीय अधिकृत संजीव सापकोटाको नेतृत्वमा लेखा अधिकृत सरोज कुमार ठाकुर, पत्रकारद्वय राकेश गुप्ता, सोम दियाली तथा संस्थाका कर्मचारहरुको टोलीले विभिन्न विद्यालयहरुमै पुगी विद्यालयहरुमा सञ्चालनमा रहेका बाल विकास कक्षाको अवस्था र त्यसको गुणस्तर बारे अनुगमन गर्नु भएको संस्थाका परियोजना संयोजक सुरेन्द्र रायले बताउनुभयो ।
अनुगमनका क्रममा बाल विकास नेपालले सञ्चालन गरेको कार्यक्रमले विद्यालयहरुको शैक्षिक गुणस्तर वृद्धि भएको पाइएको अनुगमन टोलीका संयोजक गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सापकोटाले बताउनुभयो ।
‘बाल विकास नेपालले यहाँका विद्यालयहरुमा विगत ४ बर्षदेखि काम गरिरहेको छ । त्यसयता यहाँका विद्यालयहरुको शैक्षिक गुणस्तरमा वृद्धि भएको छ । बालबालिकाहरु नियमित विद्यालय जान थालेको पाइएको छ ।, निमित्त प्रमुख प्रशासकीय अधिृकत सापकोटाले भन्नुभयो, ‘बाल विकास नेपालले विद्यालयमा शैक्षणिक सामाग्री मात्रै नभई शिक्षकशिक्षिकाहरुलाई समेत विभिन्न तालिमहरु प्रदान गर्ने गरेकोले शिक्षण सिकाई प्रक्रियामै सुधार भएको छ ।’

बाल विकास नेपालले विशेष गरी बाल विकास कक्षाका बालबालिका तथा यसका शिक्षिकाहरुलाई लक्षित गरी कार्यक्रम गरेकोले शिक्षण सिकाई प्रक्रिया प्रभावकारी भएको आधारभूत विद्यालयका प्रधानाध्यापक रामसंयोजक रायले बताउनुभयो ।
त्यस्तै बाल विकास नेपालले उपलब्ध गराएको शैक्षिक सामाग्रीहरु अत्यन्तै प्रभावकारी रहेको र यस्ता शैक्षिक सामाग्रहरु आफूले ३४ वर्षे शिक्षण पेशा अवधिमा कहिल्यै नदेखेको प्राथमिक विद्यालय बाराउद्योरणका प्रधानाध्यापक सेठलाल राय यादवले बताउनुभयो ।
त्यस्तै मावि मुधवनगोठका प्रधानाध्यापक विजय कुमार साहले पनि बाल विकास नेपालले सञ्चालन गरेको कार्यक्रमकै कारण विद्यालयमा विद्यार्थीको भर्नादर वृद्धि भएको बताउनुभयो । उहाँले शैक्षिक सामाग्रीहरुको प्रयोगले बालबालिकालाई सिक्न र शिक्षक शिक्षिकाहरुलाई पनि सिकाउन निकै सहज भएकोले कार्यक्रम अत्यन्तै प्रभावकारी रहेको बताउनुभयो ।

बाल विकास नेपालले विष्णु गाउँपालिकाका १० ओटा सामुदायिक विद्यालयमा शैक्षिक सुधारका लागि काम गरिरहेको संस्थाका परियोजना संयोजक सुरेन्द्र रायले बताउनुभयो । उहाँका अनुसार परियोना अन्तर्गत संस्थाले विद्यार्थीहरुको शिक्षण सिकाईमा प्रयोग हुने विभिन्न खाले शैक्षणिक सामाग्रीहरु, विद्यालय झोला, शिक्षकशिक्षिकाहरुका लागि पुनरताजगी तालिम प्रदान गर्ने गरेको छ । यसका साथै संस्थाले परियोजना अन्तर्गत यूवाहरुलाई स्वरोजगार बनाउने उदेश्यले विभिन्न सिपसम्बन्धी तालिम समेत प्रदान गर्ने गरेको छ ।

 

Read on https://nigranitoday.com/


Other in Media

View All

Contribute

Payment Options: Online, Cheque/DD

----- OR ------
To Donate Scan QR Code
in Paytm App

----- OR ------
For RTGS / NEFT / IMPS
Account Name : Child Development Nepal
Account Number : XXXXXXXXXX
IFSC Code : XXXXXXXXXX
Bank Name : NEPAL STATE BANK
Branch Address : KATHMANDU, NEPAL

----- OR ------
For Cheque/Demand Draft
Please make a Cheque/DD in favour of "Child Development Nepal" payable at Nepal and send to us with your complete address, mobile number, email ID and PAN number